दार्चुला – दार्चुलाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर गयराति ९ः२४ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि सोमवार साँझ बाजुरा जिल्लाको मार्तडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर ससाना भूकम्प जानेक्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठुला भूकम्प जाने गरेको छ।

















