खाेज्नुहाेस

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिमको नयाँ नेतृत्व चयन

Image

धनगढी – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ । अधिवेशनबाट भिम बिष्ट अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले लोक तथा दोहोरी गीतको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धतासहित नयाँ कार्यसमिति चयन गरेको हो ।

navjiwan hospital

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा प्रेम विवश चन्द, प्रथम उपाध्यक्षमा सुरज शाह, द्वितीय उपाध्यक्षमा लिलाधर भट्ट, महिला उपाध्यक्षस्मा सरस्वती दाहाल, सचिवमा लोकप्रसाद खनाल, महिला सचिवमा सरिता कठायत, कोषाध्यक्षमा नवीन साउद, सहसचिवमा प्रभुराज पाण्डे, सहकोषाध्यक्षमा दुर्गादेवी सापकोटा, सहसचिव (मनोनित) मा बल बोगटी चयन भएका छन ।

attariya hospital

यस्तै सदस्यहरूमा शान्ति फुलारा, निर्मला पौडेल जोशी भण्डारी, कृष्णा सिराडी, रमेश सिंह भण्डारी, सुरेश चन्द, अनिता बिष्ट, गोपालबहादुर बुढा, भीमबहादुर बिष्ट, गौरी ओझा, गणेश सुनार, डबल ताडी, सुरेन्द्र ताम्राकार चयन भएका छन ।

नवनिर्वाचित अध्यक्ष भिम बिष्टले लोक तथा दोहोरी क्षेत्रलाई अझ सशक्त बनाउने, प्रदेशभर कलाकारहरूलाई एकताबद्ध गर्ने र राष्ट्रिय स्तरमा सुदूरपश्चिमेली लोक संस्कृतिको पहिचान मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।