खाेज्नुहाेस

दार्चुलाकी क्यान्सर पीडित खत्रीलाई आर्थिक सहयोग

Image

दार्चुला– दार्चुलाकी एक क्यान्सर पिडित महिलालाई आर्थिक सहयोग गरिएको छ । जिल्लाको लेकम गाउँपालिका– ३ की ललिता खत्रीलाई विभिन्न महिला आर्थिक सशक्तिकरण केन्द्रहरुले आर्थिक सहयोग गरेका हुन ।

सो वडामा रहेको जगन्नाथ महिला आर्थिक सशक्तिकरण केन्द्रकी सदस्य समेत रहेकी खत्रीलाई जिल्लाका ५ वटा केन्द्रहरुले सहयोग गरेको बताईएको छ । सिडा को आर्थिक सहयोग तथा अक्सफाम नेपालको प्राविधिक सहयोगमा सामुदायिक ग्रामीण विकास समाज नेपाल (सीआरडीएस नेपाल) द्वारा सञ्चालित ट्रोसा परियोजना अन्तर्गत गठन भएका पाँच वटा महिला आर्थिक सशक्तीकरण केन्द्रहरूले क्यान्सर पीडित ललिता खत्रीको उपचारका लागि सहयोग प्रदान गरेका छन् ।

attariya hospital
navjiwan hospital

विभिन्न मितिमा खत्री आवद्ध रहेको जगन्नाथ केन्द्रसहित लेकम – २ मा रहेको सत्तेश्वर, महाकाली नगरपालिका– ८ काकडामा रहेको सगरमाथा र नगरपालिकाकै वडा नं. ९ मा रहेका प्रगतिशिल र महाकाली महिला आर्थिक सशक्तिकरण केन्द्रहरुले उपचारका लागि सहयोग गरेका हुन् ।

पाठेघरको क्यान्सरबाट ग्रस्त खत्री हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन । खत्रीको परिवार संग उपचार गर्न आर्थिक अवस्था कमजोर भएपछि महिला आर्थिक सशक्तीकरण केन्द्रले नै उपचारमा आर्थिक सहयोग गरेको बताएका छन् । यी सशक्तीकरण केन्द्रहरूले १८ हजार २०० रुपैँया खत्रीको परिवारलाई आर्थिक सहयोग गरेका छन् । यससँगै ट्रोसा परियोजनाका फिल्ड सुपरभाइजर तथा अभियान समन्वयकर्ता जगत सिंह ऐरीलेवभिन्न व्यक्ति, समूह, संघ–संस्था तथा सहयोगी मनहरूले निरन्तर रूपमा रकम जुटाइरहेको र हालसम्म ६ लाख ६४ हजार भन्दा बढी रकम उठेको बताएका छन ।

उनका अनुसार यस अभियानले महिला समूहहरूको सामाजिक उत्तरदायित्व, समुदायमा संकट परेको सदस्यप्रति देखाइएको एकता र मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । परियोजनाले आर्थिक सशक्तीकरणसँगै समुदायमा विपद् र संकटको समयमा एक–अर्कालाई सहारादिने संस्कार मजबुत बनाउँदै आएको पनि उल्लेख गरिएको छ ।