खाेज्नुहाेस

बाजुराको मार्तडीमा भएको आगलागी २ घण्टापछि नियन्त्रण

Image

बाजुरा – बाजुराको सदरमुकाम मार्तडी बजारमा लागेको आगो करिब २ घण्टापछि पूर्ण रुपमा नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो साढे १२ बजे सुरु भएको आगो सुरक्षाकर्मी तथा स्थानीयहरुको सक्रियतामा २ बजेपछि मात्रै आगो नियन्त्रणमा लिइएको हो ।

बडीमालिका नगरपालिका वडा नम्बर ८ का व्यवसायी प्रकाश थापाको न्यू सागर फर्निचर उद्योग तथा ग्यारेजमा भीषण आगलागी भएको थियो । पसलमा काठको काम भइरहेको बेला एक्कासी तार सट भएर आगलागी भएको हो ।

attariya hospital
navjiwan hospital

ठूलो संख्यामा स्थानीयसहित नेपाल प्रहरी, नेपाली सेना लगायतले पानी हालेर आगो नियन्त्रणमा लिने प्रयास गरेपनि आगलागी करिब २ घण्टापछि मात्रै पूर्ण रुपमा नियन्त्रणमा आएको हो ।

आगलागीबाट पसलमा रहेको सम्पूर्ण फर्निचर उद्योग, गाडीको ग्यारेजसहितका सामानहरु जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्युतको तार सट भएर नै आगलागी भएको अनुमान गरिएको छ । उनले आलगालीबाट फर्निचर र ग्यारेजसँग भएकाले करिब २ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको र क्षतिको विवरण एकिन गर्ने काम भइरहेको बताए ।

जिल्ला सदरमुकाम मार्तडी, बाम्का, कोल्टी जस्ता ठूला बजारहरुमा आगलागीका घटना भएपनि जिल्लामा एउटा पनि दमकल नहुँदा थप बढी क्षति व्यहोर्नु पर्ने बाध्यता रहेको छ ।