खाेज्नुहाेस

मुख्यमन्त्री शाहद्धारा बाजुराको बिच्छ्या जोड्ने सडकको शिलान्यास

Image

बाजुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुराको पुर्वी क्षेत्रको हिमाली गाउँपालिकाका – १, २ र ३ (बिच्छा, कोट र बौडी) जोड्ने सडकखण्डको शिलान्यास गरेका छन् ।

आइतबार मुख्यमन्त्री शाहले बाजुराकै अति विकट क्षेत्रमा पर्ने बिच्छ्या जोड्ने सडकको शिलान्यास गरेका हुन् । झन्डै ६०० घरधुरी रहेका यस क्षेत्रमा सडक अभावकै कारण शिक्षा, स्वास्थ्य, खाद्यान्न ढुवानीदेखि दैनिक जीवनसम्म चुनौतीपूर्ण रहँदै आएको थियो । सडक निर्माण पश्चात् यहाँका नागरिकलाई ठूलो राहत मिल्ने विश्वास लिइएको छ ।

attariya hospital
navjiwan hospital

प्रदेश सरकारले विनियोजन गरेको बजेट अन्तर्गत २ करोड ६९ लाख रुपैयाँमा सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । हुम्लाको ताजाकोट गाउँपालिकाले ५० लाख रकम विनियोजन गरि सहयोग पुर्याएको छ । यता कर्णाली प्रदेश तर्फ हुम्लाको खडाडिल–पम्पानी हुँदै मैतनासम्मको ७ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए ।

‎हिमाली गाउँपालिका–१ को कार्यालयसम्म ६ किलोमिटर ट्र्याक खोल्ने काम सुरु हुने भएको छ । शिलान्यासपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले तीनै तहका सरकारको समन्वयमा विकास गतिविधि अघि बढ्न थालेको बताए । विकास जादुको छडी नभई क्रमिक रुपमा हुने भएकोले विकटका नागरिकको समस्या समाधान गरिने मुख्यमन्त्री शाहले बताए । उनले विकट बस्तीसम्म क्रमिक रूपमा पूर्वाधार विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सडक निर्माण हुने भए संगै यहाँका स्थानीय खुसि समेत भएका छन् । सडक सञ्जालबाट प्रताडित यहाँका स्थानीयलाई सडक सञ्जालको पहुँच पुगेपछि दैनिक आवतजावतमा सहयोग पुग्ने छ ।

सिलान्यास ‎कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही, प्रदेशसभा सदस्य जुना दानी, बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहरा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल स्थानीय तह तथा वडाका जनप्रतिनिधि लगायत पत्रकारको सहभागी थियो ।