खाेज्नुहाेस

पार्टीभित्र अनुशासन, मर्यादा र शुद्धीकरण आवश्यक छ : मुख्यमन्त्री शाह

Image

बाजुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेस पार्टी भित्र अनुशासन, मर्यादा र शुद्धीकरण आवश्यक भएको बताएका छन । शनिबार बाजुरामा नेपाली कांग्रेस त्रिवेणी नगर कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

navjiwan hospital

उनले पछिल्ला दिनहरुमा पार्टीमा देखिएका असन्तुलित अभिव्यक्ति र अनुशासनहिन प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन् । उनले हालै एक टेलिभिजन अन्तरवार्तामा विशेष महाधिवेशनको कुरा उठाउने व्यक्तिहरूले पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित गरी प्रयोग गरेका अशिष्ट र अमर्यादित शब्दप्रति असन्तोष व्यक्त गरे । पार्टी विधि र पद्धतिमा चल्ने संस्था भएकाले कसैले पनि जथाभावी बोल्ने छुट नहुने मुख्यमन्त्री शाहले प्रष्ट पारे । उनले तत्काल केन्द्रीय समिति बैठक बोलाई त्यस्ता व्यक्तिहरुलाई आवश्यक कारबाही गर्न माग समेत गरे ।

attariya hospital

हालै प्राइम टेलिभिजनको अन्तरवार्तामा कांग्रेस नेता शंकर तिवारीले पार्टी सभापति देउवालाई लक्षित गरी प्रयोग गरेको शब्दप्रति मुख्यमन्त्री शाहले असन्तुष्टि व्यक्त गरेका थिए । सभापति देउवाले मुलुक र पार्टीका लागि पु¥याएका योगदानलाई स्मरण गर्दै उनले भने ‘गैरजिम्मेवारीपूर्ण भाषा प्रयोग गर्न कसैलाई छुट छैन, पार्टीमा अनुशासन बलियो बनाएर जानै पर्छ ।’

कार्यक्रमको अर्को प्रसङ्गमा मुख्यमन्त्री शाहले वर्तमान राजनीतिक जटिलताका बीच एकता, संयम र वैचारिक स्पष्टता अपरिहार्य भएको बताए । देउवाको नेतृत्वमा पार्टी र देशलाई निकास दिन सकिने विश्वास व्यक्त गर्दै उनले सबैलाई विचलित नहुन, एउटै ठाउँमा उभिन र शुद्धीकरणसहित पार्टीलाई सही दिशातर्फ लैजान आग्रह गरे ।