खाेज्नुहाेस

बाजुरामा बस दुर्घटनाका हुँदा घाइते भएका सहचालकको मृत्यु

Image

बाजुरा – बाजुरामा बस दुर्घटनामा परी घाइते भएका बस सहचालकको मृत्यु भएको छ । शनिबार मार्तडी कोल्टी सडकमा पर्ने बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा घाइते भएका बैतडीको दशरथचन्द्र नगरपालिका–९ का २४ वर्षीय गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले बताए । उक्त बस दुर्घटनामा परी आठ जना घाइते भएका थिए । घाइतेको सेती प्रादेशिक अस्पताल धनगढीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital
navjiwan hospital

घाइते हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वर्षीय विशाल शाही, बूढीनन्दा नगरपालिका–६ छातीकोटका १९ वर्षीय उमेश भाट, सोही नगरपालिका–५ बस्ने २४ वर्षीया जमुना मल्ल, सोही नगरपालिका–५ छातीकोट बस्ने सात वर्षीया लक्ष्मी मल्ल रहेका छन ।

यस्तै, बूढीगङ्गा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह, उनकी छोरी दुई वर्षीया छोरी जेनिशा सिंह, पाँच वर्षीया पल्ले सिंह, जेसिका सिंह र बूढीनन्दा नगरपालिका–७ सास्ता बस्ने ४५ वर्षीया इसरा देवी सुनार घाइते भएका थिए ।

कोल्टीबाट धनगढीका लागि छुटेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस सडकमा रोकेर सामान छतमा राख्ने क्रममा एकाएक पछाडि गएर दुर्घटना भएको थियो । बस दुर्घटनापछि चालक फरार छन् ।