भारत आन्ध्र प्रदेशको कर्नूल नजिकै शुक्रबार बिहान एक यात्रु बसमा आगलागी हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । बस बेङ्गलुरु जाँदै गर्दा राष्ट्रिय राजमार्ग ४४ मा मोटरसाइकलसँग ठोक्किएपछि आगलागी भएको हो ।
कावेरी ट्राभल्सको सो बसमा करिब ४४ जना यात्रु सवार थिए । ठोक्किएपछि मोटरसाइकल बसमुनि फसेर इन्धन ट्यांकीमा विस्फोट हुँदा केही मिनेटमै बसभरि आगो फैलिएको प्रहरीको प्रारम्भिक भनाइ छ ।


दुर्घटनाको समयमा धेरैजना यात्रु निद्रामा थिए । केहीले झ्याल तोडेर निस्कन सफल भए पनि धेरै जना भित्रै फसे । आगलागी यति तीव्र थियो कि केही मिनेटमै बस खरानीमा परिणत भयो । घाइते यात्रुहरूलाई कर्नूलको सरकारी अस्पतालमा उपचारका लागि लगिएको छ । दुर्घटनापछि बस चालक फरार छन् भने प्रहरीले उनको खोजी शुरू गरेको छ ।
प्रहरीका अनुसार हैदरावादबाट बेङ्गलुरु जाँदै गरेको कावेरी ट्राभल्सको बस बिहान करिब साढे ३ बजे कर्नूल नजिकैको चिन्नेतेकुर गाउँमा मोटरसाइकलसँग ठोक्किएको थियो । स्थानीयवासीले उद्धार प्रयास थालेका थिए, तर आगो तीव्र भएपछि बस पूरै खरानी भयो । कर्नूलका दमकलकर्मीहरूले चारवटा गाडी प्रयोग गरी आगो निभाए ।
य


















