खाेज्नुहाेस

धानको समर्थन मूल्य पाए नपाएको अनुगमन गर्न सिडिओलाई निर्देशन

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानहरूले धानको समर्थन मूल्य पाए नपाएको विषयमा अनुगमन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन ।

navjiwan hospital

किसानहरूबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासो आएपछि मुख्यमन्त्री शाहले मंगलबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई टेलिफोन सम्पर्क गरी अनुगमन गर्न निर्देशन सदिएका हुन । उनले सरकारले तोकेको समर्थन मूल्य व्यापारीहरूले कार्यान्वयन नगरेको पाएईमा कारबाईको दायरमा ल्याउन निर्देशन दिएका छन । टेलिफोन संवादमा मुख्यमन्त्री शाहले सरकारले निर्धारण गरेको धानको मूल्य किसानले पाउनु पर्ने बताए ।

add everest academy
attariya hospital

२०८२ असोज ३१ गते प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सार्वजनिक सूचना मार्फत मोटा धानको मूल्य प्रति क्विन्टल तीन हजार ४६३ दशमलव ८१ रुपियाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल तीन हजार ६२८ दशमलव ३३ रुपियाँ निर्धारण गरिएको जानकारी गराएका थिए ।

उनले सूचनामा सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद बिक्री गर्न र सरकारको निर्णय कार्यान्वयन गराउनका सबै पालिकालाई आग्र गरे । टेलिफोन संवादमा प्रमुख जिल्ला अधिकारी लम्सालले छठ लगत्तै कैलालीका बसै स्थानियतहहरुमा अनुगमन गर्ने बताए ।