खाेज्नुहाेस

राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि गरियो

Image

कञ्चनपुर –  हमासको आक्रमणमा परी ज्यान गुमाएका विपीन जोशीको राष्ट्रिय सम्मानका साथ महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ।

navjiwan hospital

बिहान ८ बजे विपीनको निवास (भीमदत्त नगरपालिका) बाट शवयात्रा निकालेर महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिअघि विपीनलाई शसत्र प्रहरीले शलामी अर्पण गरेका थिए ।

add everest academy
attariya hospital

विपीनको शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।

इजरायलले सोमबार स-सम्मानका साथ विपीनको शव नेपाललाई हस्तानतरण गरेको थियो । इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।