खाेज्नुहाेस

बाजुरामा बस दुर्घटना हुँदा ३ जना घाइते

Image

बाजुरा – बाजुरामा बस दुर्घटना हुँदा ३ जना घाइते भएका छन । बिहिबार बाजुराको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा ३ जना घाइते भएका हुन ।

navjiwan hospital

हुम्लाबाट सुर्खेततर्फ गइरहेको बस दुर्घटना हुँदा मुगुको रारा छायानाथ नगरपालिका–३ का १८ वर्षीय विशाल बिक, दैलेख जिल्ला दुल्लु नगरपालिका–२ की दिपा सोनाम, र बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका–६ की ४५ वर्षीया प्रेमकला दमाई घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

attariya hospital

प्रहरीले घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको बेर्मा बजारस्थित गोपाल मेडिकलमा उपचार भइरहेको जनाएको छ । बसमा चालकसहित २३ जना यात्रु सवार थिए ।