खाेज्नुहाेस

हमासले जीवित रहेका २० बन्धकलाई रेडक्रसको जिम्मा लगायो

Image

काठमाडौं – हमासले जीवित रहेका सबै २० बन्धकलाई रेडक्रसको जिम्मा लगाएको छ । हमासले पहिलो चरणमा सात जना र दोस्रो चरणमा १३ बन्धक रेडक्रसको जिम्मा लगाएको हो ।

बीबीसीका अनुसार, दोस्रो चरणमा जिम्मा लगाइएका १३ बन्धक अहिले इजरायल जाँदै छन् ।

add everest academy
attariya hospital
navjiwan hospital

इजरायली सेनाले पहिलो चरणमा जिम्मा लगाइएका बन्धकको तस्बिर सार्वजनिक गरेको छ ।

हमासले आज बिहानमात्र रिहा गरिने २० बन्धकको सूची सार्वजनिक गरेको थियो । जसमा नेपालका विपीन जोशीको नाम समावेश थिएन ।

द टाइम्स अफ इजरालयका अनुसार, अब हमाससँग कुनै जीवित बन्धक छैनन् ।

attariya technical collage