अत्तरिया – हुप फर चिल्ड्रन (एचएफसी) संस्थाले राष्ट्रिय लोक संस्कृति प्रतिष्ठान नेपाल अत्तरियालाई वाद्यवादन सामाग्रीहरू सहयोग गरेको छ ।

एचएफसीका अध्यक्ष राम बहादुर माझी लगायतको टिमले एक कार्यक्रमका बिच प्रतिष्ठानले कला, संस्कृति, सभ्यताको संरक्षण र जगेर्नामा खेलेको भूमिकाको प्रशंसा गर्दै सामाग्री सहयोग गरेको हो । जसअन्तर्गत मादल, हारमोनियम, मुजुरा लगायतका सामाग्री सहयोग गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठान केन्द्रीय अध्यक्ष लीला बाँस्कोटा, प्रतिभा सामुदायिक पुस्तकालय सदस्य हेमन्त राज जोशी (बाजे), प्रतिष्ठान कोषाध्यक्ष कमला भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले शुभकामना व्यक्त गर्दै वाद्यवादन सामाग्रीहरूद्वारा कला र संस्कृतिको संरक्षण र जगेर्ना गर्नका लागि थप सहयोग पुग्ने बताएका थिए ।


















