अत्तरिया– कैलालीको अत्तरियामा रहेको दृष्टि फाउन्डेशनलाई कपडा सहयोग गरिएको छ । गोदावरी नगरपालिका– २ बस्ने मदन सिँहले दृष्टि फाउण्डेशनमा रहेका वृद्धाहरुका लागि कपडा सहयोग गरेका हुन ।

बैतडीको डिलासैनी गाउँपालिका– ६ गोकुलेश्वर ठडमाला पुख्र्याैली घर भएका सिँहले अत्तरियाका स्थानिय गणेश जिमि साउँद मार्फत उक्त सहयोग प्रदान गरेका थिए । उनले आफ्ना स्वर्गिय बुवा मन्धीर सिँह तथा बाजे चुखुडे सिँहको श्राद्ध तिथिका अवसरमा दृष्टि फाउन्डेशनलाई सहयोग गरेको गणेश जिमि साउँदले बताए ।

उनका अनुसार स्वर्गीय बुवा र बाजेको सम्झनामा दृष्टि फाउन्डेशनलाई सिँहले १० जोडा धोती, ब्लाउज तथा फलफुल सहयोग गरेका हुन । उक्त सहयोग सामग्री शनिबार साउँदले दृष्टि फाउन्डेशनलाई हस्तान्तरण गरेका थिए ।


















