खाेज्नुहाेस

पुनः निर्माणमा जुटौँ

Image

यही भदौ २४ गतेको जेन जी आन्दोलनका क्रममा देशभरका सरकारी संरचनामा ठुलो क्षति पुगेको छ । विभिन्न कार्यालयमा तोडफोड, आगजनी र चोरीसम्मका घटनाले राज्यका सम्पत्ति मात्र होइन, सेवा सुविधामा पनि प्रत्यक्ष असर पारेको छ ।

कैलालीको गोदावरी नगरपालिका पनि आन्दोलनकारीको निसानामा प¥यो । यहाँका तीन वटा शाखा पूर्ण रूपमा जलेर नष्ट भए भने अन्य शाखामा पनि क्षति पुगेको छ । कार्यालयका कतिपय महत्त्वपूर्ण कागजात जलेर नष्ट भए भने केही सामान चोरीसमेत भए । चोरी भएका मध्ये केही फिर्ता आए पनि अझै महत्त्वपूर्ण सामान हराइरहेका छन् ।

add everest academy
attariya hospital

नगरपालिकामा आगजनी वा तोडफोड हुनु निश्चित रूपमा नकारात्मक हो । तर भ्रष्टाचार र अहंकारमा डुबेको सरकारलाई सचेत पार्ने क्रममा यस्तो घटना भएकोले यसको दोष कुनै एक व्यक्तिलाई मात्र दिन सकिँदैन । यद्यपि, अब प्राथमिकता क्षतिपूर्ति र पुनः निर्माणमा हुनुपर्छ ।

navjiwan hospital

भौतिक संरचना र उपकरण पुनः निर्माण गर्न सकिन्छ, तर जलेका कागजातको अभावले केही कठिनाइ हुने पक्का छ । नगरपालिकाले सहयोगका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ । त्यसलाई आधार बनाएर स्थानीय तहबाट सानो–सानो सहयोग जुटाउन सके, छिट्टै नगरपालिकाले पुनः सेवा सुरु गर्न सक्नेछ ।

कतिपयले नगरपालिकाको बजेटबाटै पुनः निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । योजनामा कटौती गरेर पनि सम्भव देखिन्छ । तर त्यसले विकास निर्माणमा असर पु-याउन सक्छ । बरु श्रमदानमार्फत पनि पुनः निर्माणमा साथ दिन सकिन्छ । श्रमदानको परम्परा हराउँदै गएको अवस्थामा पुनः जागृत गर्ने अवसरका रूपमा पनि यसलाई लिन सकिन्छ ।

attariya technical collage

सामूहिक सहयोग र श्रमदानमार्फत नगरलाई पुरानै रूप दिन सकिन्छ । यसरी नगर पुनः निर्माणको बजेटलाई अन्य विकास निर्माणतर्फ प्रयोग गर्न सकिन्छ । अहिले मानसिक रूपमा “केही गर्नै पर्छ” भन्ने भावना बोकेका व्यक्तिहरू सक्रिय छन् । सबैले आफ्नो तहबाट योगदान गर्न सके, नगर पुनः निर्माणका लागि सरकारको बजेट पर्खिनुपर्ने अवस्था रहँदैन ।

तसर्थ, गोदावरी नगरपालिकालाई छिटो पुनस्र्थापना गरी सर्वसाधारणलाई सेवा उपलब्ध गराउन ढिला नगरी सबैले आफ्नो क्षमताअनुसार सहयोग र सहकार्य गर्न आवश्यक छ । अहिले नै श्रमदान र सहयोगमार्फत देखाउनुपर्ने समय यही हो ।