खाेज्नुहाेस

कैलालीबाट ५६ लाखको अवैध सामान बरामद

Image

अत्तरिया – कैलालीबाट प्रहरीले ५६ लाख बढीको अवैध सामान बरामद गरेको छ । बुधवार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिगएको संयुक्त प्रहरी टोलीले धनगढी उप–महानगरपालिका – ४ स्थित रहेको पश्चिम धनगढी लोजेस्टिक ट्रान्सपोर्टमा राखेको अवस्थामा ५४ लाख ५० हजार सामान बरामद गरेको छ ।

navjiwan hospital

यस्तै इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिगएको प्रहरी टोलीले टीकापुर नगरपालिका – ९ भैयावाडा स्थित नहर नजिक अन्दाजी मूल्य २ लाख ३३ हजार ५६० रुपैयाँ गरी ५६ लाख ८३ हजार ५६० बराबरको बेवारिसे सामानहरू बरामद गरेको छ ।

attariya hospital

जसअन्तर्गत एयर बड, इयरफोन, स्मार्ट बाच, पावर बैङ्क, पेन ड्राइभ, विभिन्न किसिमका छेडिमेट कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राज कुमार सिंहले बताए । उक्त सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको छ ।