खाेज्नुहाेस

सहकारीहरूद्वारा धनगढीको मालपोत कार्यालयलाई ३ लाख सहयोग

Image

धनगढी – मालपोत कार्यालय धनगढीलाई यस क्षेत्रका विभिन्न सहकारी संस्थाहरूले संयुक्त रूपमा ३ लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

navjiwan hospital

मंगलवार मालपोत कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम सहकारी प्रतिनिधिहरूको तर्फबाट नवजीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमले मालपोत कार्यालयका प्रमुख प्रेम दौल्याललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मालपोतका पदाधिकारीहरू, सहकारी संस्थाका अध्यक्ष तथा सदस्यहरू र कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

attariya hospital

गत २४ गते जेनजी आन्दोलनमा आन्दोलनकारीहरुले आगो लगाउँदा मालपोेत कार्यालयको विद्युत वायरिङ, कम्प्युटर, कुर्सी, टेबल लगायत कागजात र अभिलेखहरु जलेर नष्ट भएका छन् ।

मालपोत कार्यालयका प्रमुख दौल्यालले उक्त सहयोगप्रति आभार प्रकट गरे ।