खाेज्नुहाेस

गोदावरी नगरपालिकालाई जुट्दै सहयोग

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकालाई भौतिक सामाग्री, नगद रुपैयाँ सहयोग जुट्न थालेको छ । नगरपालिकाले सोमबार नगरपालिका कार्यालय पुनर्निर्माण लागि आह्वान गरेपछि विभिन्न दाताहरूले सहयोग गर्न थालेका हुन ।

जसअन्तर्गत मङ्गलवार नेपाल च्याम्बर्स कमर्स कैलालीले डेस्कटप कम्प्युटर सेट १ थान, गोदावरी नगरपालिका – ९ का सुरेश प्रसाद भट्टराईले प्लास्टिक कुर्ची ४ थान, डिएस विल्डर्स डडेल्धुराले बर्जर पेन्टस् २० लिटरका २ बकेट सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ ।

attariya hospital
navjiwan hospital

यसअघि सोमबार सर्वोत्तम पेन्टस् ग्रुपले ७५ हजार नगद र गड्तोला ट्रेड्रसले घुम्ने कुर्ची १ थान र कलर प्रिन्टर १ थान सहयोग गरेका थिए ।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गोदावरी नगरपालिकामा आगजनी र तोडफोड गरिएको थियो । आगजनीबाट नगरपालिका कार्यालय ध्वस्त भएको भन्दै नगरप्रमुख वीरेन्द्र भट्टले पुनर्निर्माण लागि सहयोग गर्न आग्रह गरेका थिए । सोही अनुसार विभिन्न दाताबाट सहयोग रकम जुट्न थालेको हो ।

यद्यपि नगरपालिकाले पहिले क्षतिको विवरण सार्वजनिक गर्नुपर्ने माग समेत स्थानीयबाट उठ्न थालेको छ । नगरपालिकाले क्षति भएको सामानको विवरण सार्वजनिक गरे सोही अनुसार सहयोग गर्न सहज हुने स्थानीयको भनाइ छ । कतिपयले सामाजिक सञ्जाल मार्फत आर्थिक सङ्कलन र पुनर्निर्माण लागि नागरिक समाजको छुटै समिति बनाउन समेत माग गरेका छन् ।