खाेज्नुहाेस

तरुण दलका गोदावरी नगरसभापति भट्टराईले गरे सन्त निरंकारी मण्डललाई फर्निचर सहयोग

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको सन्त निरंकारी मण्डललाई फर्निचर सहयोग गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका गोदावरी नगरसभापति भट्टराईले आफ्नो जन्मदिनको अवसरमा सन्त निरंकारी मण्डललाई फर्निचर सहयोग गरेका हुन ।

navjiwan hospital

अत्तरियाका व्यवसायी समेत रहेका भट्टराईले करिब १८ हजार ५ सय बराबरका एक थान अफिस टेबल र एक थान घुम्ने कुर्चि सन्त निरंकारी मण्डललाई सहयोग गरेको बताए । उनले जन्मदिनको अवसर पारी विगतदेखी नै कुनै न कुनै सामाजिक कार्य गर्दै आएकोमा यसपटक फर्निचर सहयोग गरेको बताए ।

attariya hospital

भट्टराईले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा आवश्यकता भएका स्थानमा सहयोग गर्नु उचित ठानेर आफूले उक्त कार्य गरेको बताए । उनले आगामी दिनमा पनि सामाजिक रुपमा गरिने कार्यलाई निरन्तरता दिने बताए ।