अत्तरिया – जिल्ला प्रशासन कार्यालय कैलालीले दिनको समयमा निषेधाज्ञा र रातीको समयमा कर्फ्यु आदेश जारी गरेको छ । जिल्लाका केही स्थानहरूमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क ९१० को अवस्था कायम रहेकोले निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा जारी आदेशमा स्थानीय ऐनको दफा ६ क बमोजिम भदौ २४ गते जारी आदेशलाई परिमार्जित गरी अर्को सूचना जारी नभएसम्मका लागि भदौ २६ गते ३ बजेदेखि जिल्ला भरी नै लागु हुने गरी तीन जनाभन्दा बढीको समूह बनाई कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको उल्लेख छ ।

आदेशमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा, साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्युआदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा बिहान ६ बजे देखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक सेवा र कार्यको लागि आवत– जावत (हिँडडुल) गर्न सकिने उल्लेख छ ।
यसअघि नेपाली सेनाले माघ २५ गते बेलुकी ५ बजे सम्म देश भरी लागू हुने गरी निषेधाज्ञा र सोही दिन ५ बजे देखि माघ २६ गते बिहान ६ बजे सम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो ।
माघ २६ देखि बिहान देखि भने सेनाले काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्लाहरूमा मात्रै कर्फ्यु, निषेधाज्ञा र आवतजावत गर्न सकिने समय तालिका तोकेर आदेश जारी गरेको छ ।
कैलालीको अत्तरिया, धनगढी लगायतका बजार क्षेत्रमा माघ बुधवार (माघ २५ गते) देखि नै सेनाले सडकमा गस्ती गरिरहेको छ । सो क्रममा सेनाले चेकजाँच गरेर मात्रै हिँडडुल गर्न लिएको छ । बजार र सार्वजनिक यातायात ठप्प हुँदा सडक सुनसान बनेका छन् ।

















