खाेज्नुहाेस

जोगिएका फाइल थन्क्याउँदै गोदावरीका कर्मचारी 

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा गरिएको आगजनी पछि जोगिएका कागजात सुरक्षित राख्न थालिएको छ । भदौ २४ गते जेन जीको आन्दोलनका क्रममा भएको आगजनीबाट जोगिएका फाइल नगरपालिकाका कर्मचारीले सुरक्षित राख्न थालेका हुन ।

बिहीबार नगरपालिका कार्यालय पुगेका कर्मचारीहरूले आगलागीबाट जोगिएका पनि तोडफोड गरी फालिएका फाइल थन्क्याउन थालेका हुन ।

attariya hospital

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले शिक्षा, स्वास्थ्य, जिन्सी शाखाका सबै कागजात फर्निचर जलेर नष्ट भएको बताए । उनले योजना शाखा, आइटी लगायतका शाखामा पनि आगोले क्षति पु¥याएको बताए । उनले आगो नपुगेका शाखाहरूमा पनि तोडफोड गरेर सबै फाइल फालिएको बताए ।

navjiwan hospital

उनले आगलागीबाट जोगिएका फाइल सुरक्षित राख्ने काम भइरहेको बताउँदै सम्भव भएसम्म चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याइने बताए । उनले क्षति कति भयो भन्ने बारेमा पनि यकिन भन्न सकिने अवस्था नभएको बताए ।

बिहीबार इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्द नेतृत्वको टोलीले पनि क्षतिको अवलोकन गरेको थियो ।

आगलागि पछि भाद्र २५ गते तयार पारिएको भिडियो