अत्तरिया – जेन जी आन्दोलनको दोस्रो दिन पनि अत्तरिया बजार सुनसान रहेको छ । आज पनि पनि अत्तरिया बजार क्षेत्रमा नेपाली सेना र प्रहरी परिचालन गरिएको छ ।
सेनाले सवारी साधन चेकजाँच गरेर मात्रै सञ्चालन गर्न दिइरहेको छ । बजारमा सबै जसो पसलहरू बन्द रहेका छन् भने सार्वजनिक सवारी साधन पनि ठप्प रहेका छन ।