
अत्तरिया– कैलालीको गोदावरी मोटरसाईकल वर्कसप समितिले आज वर्कसपका पसलहरु बन्द गरेको छ । जेन जीहरुले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरुप्रति शोक व्यक्त गर्दै समितिले आज एक दिन पसल बन्द गरेको हो ।
गोदावरी नगरक्षेत्रभित्र रहेका र समितिमा आवद्ध वर्कसप व्यवसायीहरुले आज एक दिन पसल बन्द गरेर दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको व्यवसायी प्रमोद अधिकारीले बताए । उनले प्रदर्शनका क्रममा भएको घटना एकदमै निन्दनिय भएको बताए ।


















