खाेज्नुहाेस

गोदावरीका जनप्रतिनिधिले भोलि अत्तरिया चोकमा २ घण्टा चक्काजाम गर्ने 

Image
अत्तरिया – कैलालीको गोदावरीका जनप्रतिनिधिले भोलि अत्तरिया चोकमा २ घण्टा चक्काजाम गर्ने भएका छन् । नगरपालिकाको वडा नम्बर ३, १०, ११ र १२ का वडाध्यक्षहरूले भोलि अत्तरिया चोकमा चक्काजाम गर्न लागेका हुन ।
४ वटै वडाध्यक्षहरूले आइतबार अत्तरिया चोकमा पत्रकार सम्मेलनको आयोजना गर्दै बिहान ९ बजेदेखि ११ बजे सम्म चक्काजाम गर्ने बताएका हुन ।
attariya hospital
वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काले ६ वर्ष देखि अलपत्र परेको चौकिडाँडा फल्टुडे सडक निर्माणका लागि ठेकेदारले बेवास्ता गरेपछि चक्काजाम गर्नुपरेको बताए । उनले यसअघि बिहीबार र शुक्रवार सडकबाट वडा कार्यालय सञ्चालन गर्दा पनि ठेकेदारले काम गर्ने तदारुकता नदेखाएपछि थप कार्यक्रम घोषणा गरिएको बताए ।
navjiwan hospital
चौकिडाँडा देखि फल्टुडे जोड्ने सडक भए पनि ओलानीका जनताको लाइफलाइनका रूपमा रहेको यो सडक निर्माणको काम आर्थिक वर्ष २०७६र०७७ देखि नै सुरु भएको थियो । उक्त सडकको जिरो पोइन्ट देखि सेतो पुल सम्म २२ सय मिटर सडक एडिबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालय धनगढीबाट सम्पन्न भए पनि दोस्रो खण्ड सेतो पुल देखि वडा नम्बर १० को कार्यालय सम्मको अढाई किलोमिटर र तेस्रो खण्ड वडा कार्यालय देखि बाङ्गेसाल सम्मको ३ किलोमिटर सडक विगत ६ वर्ष देखि अलपत्र छ ।
दोस्रो खण्डको सडक निर्माणका लागि २०७७ भदौ १८ गते एड्भेन्चर, थिगिम, सन्लाईट जेभि तेस्रो खण्ड निर्माणका लागि २०७९ चैत्र १८ गते तेडी निर्माण सेवा सँग सम्झौता गरिएको थियो । ओलानी जोड्ने मुख्य सडक मध्ये साढे ५ किलोमिटर सडक दुई ठेकेदारले अलपत्र पार्दा त्यस क्षेत्रका जनताले सास्ती खेप्दै आएका छन् ।
भिडियो