खाेज्नुहाेस

ठेकेदारका विरुद्ध गोदावरीका जनप्रतिनिधि सडकमा, सडकबाट सेवा प्रवाह

Image
अत्तरिया  – कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधि सडकमा आएका छन् । ६ वर्ष बितिसक्दा पनि चौकिडाँडा फल्टुडे सडक ठेकेदारले अलपत्र पारेको भन्दै जनप्रतिनिधि सडकमा आएका हुन ।  ठेकेदारको विरोध गर्दै वडा नम्बर ३, १०, ११ र १२ ले सडकमै वडा कार्यालय राखेर विरोध जनाएका छन् भने गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट पनि सो विरोध कार्यक्रममा सहभागी भएका छन् ।
attariya hospital
वडाध्यक्षहरूले चौकीडाँडा फल्टुडे सडक खण्डको निर्माण कम्पनी एडवान्जर थिगिम जेभि र तेडी निर्माण सेवाको सडक निर्माण कार्यको ढिलासुस्ती चरम लापरबाहीको विरुद्धमा वडा कार्यालयहरू सडकबाट सञ्चालित गरेको बताएका छन् । उनीहरूले पटक पटक आवाज उठाउँदा पनि ठेकेदारले लापरबाही गरेका कारण सडक निर्माणका लागि दबाब दिन सडकबाटै वडा कार्यालय सञ्चालन गरिएको बताएका छन् ।
navjiwan hospital
वडाध्यक्षहरूको आन्दोलनमा स्थानीयले पनि साथ दिएका छन् । वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाहीले २ दिन सडकमा वडा कार्यालय सञ्चालन गरेर गरिएको विरोध कार्यक्रमबाट पनि सुनुवाइ नभए अत्तरिया चौराहामा आएर विरोध गर्ने बताए ।
वडाध्यक्षहरूले सुरु गरेको विरोध कार्यक्रम स्थलमा प्रदेश सभा सदस्य तुलसी देवकोटा पनि पुगेकी थिइन । उनले आफूले प्रदेश सरकारलाई सडक चाँडो निर्माण गर्न झकझक्याउने बताइन ।
प्रदेश गौरवकै आयोजनाको रूपमा अगाडि चौकीडाँडा–फल्टुडे सडक अन्तरगत सेतो पुल देखि वडा नम्बर १० को कार्यालय सम्म २२ सय मिटर सडक २०७७ भदौ १८ गते एड्भेन्चर, थिगिम, सन्लाईट जेभिलाई ठेक्कामा दिइएको थियाृे । सम्झौता अनुसार २०७८ माघ १७ गते भित्र सडक निर्माण गरिसक्नुपर्ने थियो ।
त्यस्तै वडा नम्बर १० को कार्यालय देखि बान्द्रेसाल सम्म ३ किलोमिटर कालोपत्रे गर्न २०७९ चैत्र १८ गते तेडी निर्माण सेवा सँग सम्झौता गरिएको थियो । उक्त सम्झौता अनुसार १८ महिनामा सक्नुपर्ने काम अझै पुरा भएको छैन ।
लामो समय देखि सडक निर्माणको काम अलपत्र परेपछि स्थानीय सँगै जनप्रतिनिधि विरोधमा उत्रिएका हुन ।