अत्तरिया – कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको लागि पुष्करराज ओझा नेतृत्वको प्यालन घोषणा गरिएको छ । सोमबार धनगढीमा आयोजित कार्यक्रममा प्यानल घोषणा गरिएको हो । हाल वरिष्ठ उपाध्यक्ष रहेका ओझाले २८ गते भइरहेको चुनावी अधिवेशनमा आफू अध्यक्षको उम्मेदवार रहेको घोषणा गरेका छन । यस्तै ओझा प्यानलबाट ओमबहादुर बिष्ट वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्षमा बासुदेव भट्ट, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा (अबु) र एसोसियट्स उपाध्यक्षमा मनोज अग्रवाल उम्मेदवार रहेका छन् ।
यस्तै महासचिवमा दिनेश लम्साल, सचिवमा कृष्णाकुमारी बिष्ट र कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायतले ओझा प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन् ।

सदस्यमा बमबहादुर कुँवर, धुव्रराज दाहाल, रेखा बास्तोला, पदमबिक्रम सिंह, अजय पाण्डेय, टेकबहादुर खड्का, तर्कराज भट्ट, सुरजबहादुर रैका, प्रजापति जोशी, कमला भट्टराई, अनुप भण्डारी, बिन्दु सुनार र सुरेश सापकोटा उम्मेदवार छन् ।
१५ प्रतिवद्धता सार्वजनिक
प्यानल घोषणा सभामा अध्यक्ष पदका उम्मेदवार ओझाले १५ वटा प्रतिवद्धता सार्वजनिक गरेका छन । जसमा उनले उद्योग वाणिज्य संघमा दर्ता हुने हरेक व्यवसायीलाई १ लाख बराबरको दुर्घटना बीमा सुविधा निःशुल्क उपलब्ध गराउने र विपद् या संकटमा प्रभावित व्यवसायीलाई तत्काल राहत र पुनःस्थापनामा सहयोग गर्ने घोषणा गरे ।
यस्तै घर भाडा, घर बहाल कर, पार्किङ्ग, साइड रेलिङ लगायतका समस्याहरुमा तिनै तहका सरकारसँग समन्वय गरी समाधान निकाल्ने उनको प्रतिवद्धता गरे ।
उनले वस्तुगत संघहरूलाई कैलाली उद्योग वाणिज्य संघको भवनमै कार्यकक्ष उपलब्ध गराउनुका साथै बैठकहरूमा अर्थपूर्ण सहभागिता सुनिश्चित गराउने र सहकार्यमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, सुदूरपश्चिम महोत्सवमा वस्तुगत संघहरुलाई सक्रिय रूपमा सहभागी गराई अझै समय सान्दर्भिक रूपमा परिष्कृत गर्दै लग्ने साथै सोबाट भएको आम्दानी मध्ये केही प्रतिशत रकम वस्तुगत संघ, छात्रवृत्ति कार्यक्रम तथा सामाजिक कार्यहरुका लागि छुट्याउने घोषणा गरेका छन ।

उनले डिजिटल सदस्यता र अनलाइन सेवा प्रणाली लागु गर्नुका साथै संघलाई पूर्णरुपमा डिजिटलाइजेसन गर्ने, संघका सबै कार्यक्रम र आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरी पारदर्शिता र जवाफदेहितामा जोड दिने प्रतिवद्धता गरेका छन ।
उनले व्यवसायी सहायता कक्ष स्थापना गरी विभिन्न विषयगत दक्ष उप समितिहरू गठन गरी सो मार्फत बजारका समस्याहरु संकलन गरी तिनको समाधानमा तिव्रता ल्याई उद्योग वाणिज्य संघ भएको आभास दिलाउने, बैंकिङ कसुर, चेक बाउन्स, कर, भन्सार र बीमा क्लेम जस्ता विभिन्न समस्याहरु समाधान गर्न ५ सदस्यिय कमिटी गठन गरी फास्ट ट्रयाकमा काम अघि बढाउने प्रतिवद्धता जनाएका छन ।
स्थानीय प्रशासन सँग सहकार्य गरी व्यवसायिक सुरक्षा संयन्त्र सुदृढ गर्ने, अवैधानिक आयातमा रोक लगाई भन्सार तथा सीमामा देखिने विविध समस्या समाधानका लागि उच्चस्तरीय पहल गर्ने, युवा र महिला व्यवसायीका लागि स्टार्टअप समर्थन कार्यक्रम सुरु गर्ने तथा Incubation Center को स्थापना गर्ने प्रतिवद्धता जनाएका छन ।
उनले Human Resource Centre स्थापनार्थ सिपैमूलक तालिम, व्यावसायिक परामर्श, कर तथा लेखा, कानुनी, वित्तीय र आयात(निर्यात सम्बन्धी परामर्श तथा तालिमहरु निःशुल्क उपलब्ध गराउने, कैलाली जिल्लाका सबै व्यवसायी तथा नगर उद्योग वाणिज्य संघहरुलाई समेट्ने गरी विभिन्न स्थानमा कउबअभ अचभबतभ गरी समस्या पहिचान र त्यसको समाधान निकाल्दै जिल्लाकै नेतृत्व गर्ने, धनगढी उपमहानगरपालिकाले सुरु गरेको हरियाली प्रवद्र्धन कार्यक्रमसँगको सहकार्यमा विभिन्न पर्यावरण प्रवद्र्धन लगायतका कार्यक्रमहरु संचालन गर्ने प्रतिवद्धता जनाएका छन ।
यस्तै उनले सुन्दर सुदूरपश्चिम अभियानलाई पुनर्जागृत गराउँदै सुदूरपश्चिमका पर्यटकीय स्थलहरुको प्रवद्र्धन, पर्यटकहरूको सहज पहुँच र आवागमन साथै सुरक्षित यात्रा र बसोबास सुनिश्चित गर्न तिनै तहका सरकार सँग नीतिगत पहल गर्नुका साथै Promoting Sudurpaschim Media Campaign सञ्चालन गर्ने, सुदूरपश्चिमका उत्पादनहरुलाई प्रवद्र्धन गर्न “Made in Sudurpaschim”अभियानमार्फत् स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पु¥याउन आवश्यक पहलकदमी चाल्ने र वार्षिक रूपमा “Sudurpashchim Expo” आयोजना गरी कृषि, उद्योग, पर्यटन र सेवा क्षेत्रमा नवीनतम प्रविधि तथा उत्पादनलाई प्रोत्साहन गर्ने प्रतिवद्धता गरेका छन ।
उनले कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रलाई जोड्ने एकीकृत विकास रणनीति बनाउनुका साथै भारतका व्यवसायी, लगानीकर्ता र नेपाली डायस्पोरालाई आकर्षित गर्न भारतका उत्तराखण्ड र उत्तर प्रदेशका व्यापार मण्डलसँग इण्डो (नेपाल बैठकहरु गर्नुका साथै Investment Meet / Business Summit आयोजना गर्ने र लगानीमैत्री वातावरण बनाउन पहल गर्ने समेत प्रतिवद्धता गरेका छन ।
भिडियो

















