खाेज्नुहाेस

कैलालीबाट ६० लाख भन्दा बढीको मोबाइल पार्ट्स बरामद

Image

धनगढी – कैलालीबाट करिब ६० लाख रुपैयाँ बराबरको भन्सार छलिएका मोबाइलका सामान बरामद भएको छ।

navjiwan hospital

आइतबार धनगढी उपमहानगर-१९ फुलबारी गाउँको एक घरबाट करिब ६० लाख बराबरका सामान बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

attariya hospital

भारतबाट अवैध रूपले ल्याएर घरमा लुकाएर राखेको सामान बरामद भएको हो। सशस्त्र प्रहरी बल नेपालको नं. ३४ गण कैलालीले उक्त सामान बरामद गरेको हो।

सशस्त्रको प्रधान कार्यालयको विशेष सूचनाको आधारमा बरामद सामान कसले ल्याएको हो भन्ने खुलेको छैन। बरामद मोबाइल पार्ट्स आवश्यक कारवाहीको लागि भन्सार कार्यालय टिकापुरमा बुझाएको छ।