धनगढी- कैलालीको धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

करेन्ट लागेर धनगढी उपमहानगरपालिका–१७ दिपनगरका २० वर्षीय युघिस्टर बुढामगरको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो घर नजिकै रहेको हल्दु रुखको रुख चढेर हाँगा काट्ने क्रममा नजिकै रहेको विद्युतको हाईटेन्सन लाइनमा छुन गई उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
करेन्ट लागेपछि गम्भीर घाइते भएका बुढामगरलाई तत्काल सेती प्रादेशिक अस्पताल लगिएको भएपनी अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















