खाेज्नुहाेस

कैलालीबाट जुवा खेलिरहेका ८ जना पक्राउ

Image

अत्तरिया– कैलालीबाट प्रहरीले ८ जना जुवाडे पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका– ८ मसुरिया बजारबाट प्रहरीले ८ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

navjiwan hospital

नगरपालिकाको वडा नं. ७ बस्ने ३० वर्षिय टेक मन्नीले मसुरिया बजारमा सञ्चालन गरेको चाईनिज कर्नर सेन्टरको कोठाभित्रबाट उनिहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेती ले जनाएको छ ।

attariya hospital

कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक रण बहादुर चन्दले जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनिहरुलाई खानतलासी गर्दा उनिहरुलाई जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको बताए । उनले उनिहरुका साथबाट २ लाख ५ हजार नगद समेत बरामद गरिएको बताए । पक्राउ परेका ८ जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको प्रहरीले बताएको छ ।