खाेज्नुहाेस

उत्तराखण्डको बाढीमा हराएका २६ नेपाली भेटिएनन्

Image

काठमाडौं – भारतको उत्तराखण्डका दुई जिल्लामा आएको बाढीमा परी २६ जना नेपाली बेपत्ता भएको आज १४ दिन भएको छ । तर, बेपत्ता भएका नेपाली अझै भेटिएका छैनन् । ‘जहाँ बाढीले बस्ती पुरेको छ, त्यो खोतल्ने काम भएको छैन । पुरिएको ठाउँमा धेरै शव रहेको अनुमान छ,’नयाँ दिल्लीस्थित नेपाली दूतावास स्रोतले भन्यो, ‘बेपत्ता भनिएकाहरू सम्पर्कमा पनि आएका छैनन् । उनीहरूको शव पनि भेटिएको छैन ।’

गत साउन २० गते ‘क्लाउड ब्रस्ट’ भई उत्तराखण्डको उत्तरकाशी जिल्लाको धरालीमा बाढी आएको थियो । त्यसको भोलिपल्ट उत्तराखण्डको पौडी गढवाल जिल्लामा बाढी आएको थियो ।
नेपाली दूतावासका अनुसार, उत्तरकाशी जिल्लामा २१ जना र पौडी गढवाल जिल्लामा पाँच जना हराइरहेका छन् ।

add everest academy
attariya hospital
navjiwan hospital

उत्तरकाशीको धरालीमा हराइरहेका नेपालीमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोबिन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास बिक, रमेश, प्रिया, दीपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह र रामबहादुर सिंह छन् ।

यस्तै, पौडी गढवाल जिल्लामा बेपत्ता भएका नेपालीमा नरेन्द्र खड्का, अमृता परियार, रोमन खड्का, सन्ध्या खड्का र विमल बिक छन् । ‘हामी बेपत्ता भएकाहरूको यथार्थ बुझ्न नेपालको सम्बन्धित जिल्ला र स्थानीय तहसँग विवरण मागेका छौँ । यो रुजु गरेपछि थप वास्तविकता खुल्छ,’ दूतावास स्रोतले भन्यो ।

बाढीमा परी मृत्यु र बेपत्ता भएकाहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल पनि भइरहेको दूतावस स्रोतले जनायो । भारत सरकारसमक्ष क्षतिपूर्तिका लागि अनुरोध गरिने स्रोत बताउँछ ।

attariya technical collage