खाेज्नुहाेस

भारतमा राहुल गान्धीलगायत विपक्षी सांसदहरू पक्राउ

Image

भारतमा विपक्षी दलका सांसदहरूले संसद् भवनबाट निर्वाचन आयोगको कार्यालयतर्फ निकालेको र्‍यालीका क्रममा राहुल गान्धी, प्रियंका गान्धी र अखिलेश यादवलगायतका विपक्षी सांदहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मतदाता नामावलीमा गडबडी गरेको आरोप लगाउँदै विपक्षी सांसदहरू निर्वाचन आयोग घेराउ गर्न र्‍यालीसहित संसद् भवनबाट अघि बढेका थिए।

attariya hospital
navjiwan hospital

त्यस क्रममा प्रहरीले राहुल, प्रियंका, अखिलेशसहित विपक्षी दलका केही सांसदहरूलाई पक्राउ गरेको हो।

विपक्षी दलहरूले लोकसभा चुनाव, महाराष्ट्र र हरियाणाका विधानसभा चुनावमा मतदाता नामावलीमा धाँधली भएको आरोप लगाउँदै आएका छन्।

आयोगले भने उक्त आरोपमा कुनै सत्यता नरहेको बताउने गरेको छ।