खाेज्नुहाेस

डिभिजन वन धनगढीका अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा

Image

काठमाडौं – डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले  यादवविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले वन अधिकृत यादवविरुद्ध सात लाख ३१ हजार बिगो कायम गरी विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले वन अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए।

navjiwan hospital

वन अधिकृत यादवले कैलाली चुरे गाउँपालिका वडा नम्बर ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा वन अधिकृत यादवले सेवाग्राहीसँग सात लाख ३१ हजार घुस लिएको पुष्टि भएपछि आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता पौडेलले जानकारी दिए।

attariya hospital

केही समयअघि यादवलाई सेवाग्राहीबाट ७ सात लाख ३१ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीमाथि सातलाख ३१ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद र सजायको माग गरिएको अख्तियारको आरोप–पत्रमा उल्लेख छ।