खाेज्नुहाेस

हराएका बालकको खुटिया खोलामा शव भेटियो

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका हराएका एक बालकको खुटिया खोलामा शव फेला परेको छ । आइतबार गोदावरी नगरपालिका – ९ बल्मीका पुष्पराज जोशीका ११ वर्षीय छोरा दीपेन्द्र जोशी हराएका थिए ।
दिउँसो १२ बजे घरबाट खाना खाएर निस्केका दीपेन्द्र घर नफर्किएपछि नदीमा बगेको आशंका गरिएको थियो।

बालक हराएपछि खोजी गर्ने क्रममा राती बेपत्ता भएका बालकका साथी ११ वर्षीय पारस धामीले ३ जना खुटिया खोलामा नुहाउन गएको र नुहाउने क्रममा दीपेन्द्र हराएको प्रहरीलाई बयान दिएका थिए ।

attariya hospital
navjiwan hospital

ेसोही आधारमा खोजी गर्दा सोमबार बिहान बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले बताए ।

उनका अनुसार हराएका बालक सँगै ३ बालक खुटिया खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा दीपेन्द्र हराएका थिए । प्रहरीले आइतबार राती नै बालक बगेको स्थानमा चप्पल फेला पारेको थियो ।

सम्बन्धित समाचार : गोदावरीका एक बालक बेपत्ता, खुटिया खोलामा बगेको आशंका