
अत्तरिया – कैलाली र कञ्चनपुरबाट ३ फरार प्रतिवादी पक्राउ परेका छन् । सवारी ज्यान मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकिएर फरार रहेका टीकापुर नगरपालिका – १ शक्तिनगर शिविरका २६ वर्षीय लौटन चौधरी र सोही ठाउँका २२ वर्षीय रबिन चौधरी पक्राउ परेका छन् । दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले बिहीबार घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै जिल्ला अदालत कञ्चनपुरले २०७७ माघ १६ गते भ्रष्टाचार (नक्कली प्रमाण पत्र) मुद्दामा ६ महिना कैद सजाय र १० हजार जरिवाना तोकिई फरार रहेका लालझाडी गाउँपालिका – २ का ५४ वर्षीय नन्दलाल तिरुवा पक्राउ परेका छन् । उनलाई पनि बिहीबार घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
















