खाेज्नुहाेस

कैलाली कारगारमा घाइते भएका कर्णलाई पनि काठमाडौँ लगिदैं 

Image
तस्विर : घाइते कैदिवन्दीको उपचार भइरहेको सेती अस्पताल परिसर

धनगढी – कैलालीको धनगढी स्थित कारागारमा झडप हुँदा गम्भीर घाइते भएका कर्ण सलामी मगरलाई थप उपचारको लागी काठमाडौँ लगिने भएको छ ।

शुक्रबार राति कैदी बन्दीबिच झडप हुँदा घाइते भएका मगरलाई थप उपचारको लागि काठमाडौँ लग्न लागिएको हो ।

add everest academy
attariya hospital
navjiwan hospital

उनलाई विमानमार्फत काठमाडौँ पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले बताए ।

यसअघि शनिबार कारागार भित्रको झडपमा घाइते भएका गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाण्डौं लगिएको थियो ।

कैलाली कारागारमा शुक्रबार राती भएको झडपमा १ जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । अन्य घाइतेको हाल सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

attariya technical collage