खाेज्नुहाेस

इपिएस परीक्षाको लागि आवेदन खुल्यो

Image

रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले नेपालीहरूका लागि सन् २०२५ को इपिएस परीक्षा आवेदन यहि साउन २६ गतेदेखि ३१ गतेसम्म खुला हुने जनाएको छ।

सोमबार एक सूचना प्रकाशित गर्दै शाखाले २०२५ मा हुने पहिलो चरणको भाषा परीक्षा आवेदन खुल्ने मिति सार्वजनिक गरेको हो।

attariya hospital
navjiwan hospital

शाखाका अनुसार पहिलो चरणको भाषा परीक्षामा अनुमानित उत्तीर्ण संख्या पाँच हजार ३०० हुनेछ। जसमा उत्पादनमूलक क्षेत्रतर्फ ३५०० तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार ८०० हुनेछ।

कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या घटबढ हुनसक्ने सूचनामा उल्लेख छ।

एक जना व्यक्तिले एउटा क्षेत्रका लागि मात्रै आवेदन दिन पाउने उल्लेख छ। भाषा परीक्षा पास गरेर मात्रै रोजगारीको सुनिश्चितता भने नहुने शाखाले जनाएको छ।