धनगढ – कैलालीको धनगढी उप‐महानगरपालिकाको सरकारी टोली बडीमालिकाको प्रस्थान गरेको छ । धनगढी उपमहानगरपालिकाका नगर उप–प्रमुख कन्दकला राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खाती लगाएतको टोली बडीमालिका प्रस्थान गरेको छ ।

श्रावण २३ गते चतुर्दशीका दिन सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बाजुरा स्थित बडीमालिका माईको मन्दिरमा लाग्ने धार्मिक मेलाको लागि ४५ जनाको टोली प्रस्तान गरेको हो ।

यसअघि धनगढी उपमहानगरपालिकाको टोलीले वनदेवी मन्दिरमा पूजासहित विधि पूर्वक यात्रा सुरु गरेको थियो ।


















