
अत्तरिया – कैलालीको धनगढीबाट प्रहरीले लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ । शनिवार धनगढी उपमहानगरपालिका – ३ ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका – ७ का २१ वर्षीय आर्यमन चौधरी पक्राउ परेका छन् । उनको साथबाट ३०० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


यस्तै शनिवार राती धनगढी उपमहानगरपालिका – ८ क्याम्पस नजिकबाट स्थानीय २८ वर्षीय राजेश चौधरी र २८ वर्षीय भुवन चौधरी पक्राउ परेका छन् । उनीहरूको साथबाट १०० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

















