खाेज्नुहाेस

रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणका लागि १८ अर्ब ऋण स्वीकृत 

Image
अत्तरिया – सरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणका लागि १८ अर्ब ९२ करोड ऋण स्वीकृत गरेको छ । साउन १२ गते सोमबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले तेस्रो चरणका लागि विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने निर्णय भएको बताए ।
attariya hospital
राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजना निर्माणको दोस्रो चरणको काम पुरा भइसकेको छ ।  आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु गरिएको यो आयोजनाको पहिलो चरण २०७४/७५ मा सकिएको थियो भने दोस्रो चरण २०८०/८१ मा सम्पन्न भएको हो ।
navjiwan hospital
अद्यावधिक गुरुयोजना अनुसार २०८२ मसान्तसम्म २९ अर्ब ५९ करोड ७७ लाख रुपियाँको काम हुनुपर्नेमा २० अर्ब ५८ करोड ५६ लाख रुपियाँ बराबरको (६९.५५ प्रतिशत) काम र ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । पूरा भएको काममा नेपाल सरकारको ११ अर्ब २३ करोड ३३ लाख रुपियाँ र विश्व बैङ्कको नौ अर्ब ३५ करोड २३ लाख लगानी भएको छ । आयोजनाबाट १४ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुगेको छ भने भने ४.७१ मेगावाटको विद्युत् उत्पादन भएको छ ।
रानीजमरा–कुलरियाको १४ हजार तीन सय हेक्टरमा सिँचाइ पुग्ने गरी सम्पन्न सिँचाइ आयोजना र ४.७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको साउन १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।