
अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन् । बुधवार धनगढी उपमहानगरपालिका – ९ श्रीरामनगर टोलबाट धनगढी उपमहानगरपालिका – १० घुईयाघाटका २० वर्षीय सुरेन्द्र राना पक्राउ परेका हुन ।

उनको साथबाट २ ग्राम २० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


















