खाेज्नुहाेस

धनगढीको मोहना नदी किनारमा बालकको शव फेला

Image
navjiwan hospital

धनगढी – धनगढीको मोहना नदीमा एक बालकको शव फेला परेको छ। प्रादेशिक आर्युवेद चिकित्सालय नजिकै मोहना नदी किनारमा मंगलवार वेवारिसे अवस्थामा बालकको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले अन्दाजी ८/९ वर्षीय बालकको शव फेला परेको बताए। उनका अनुसार शवको केही भाग सडेको अवस्थामा रहेको छ। शवको पहिचान हुन भने बाँकी छ। अहिले शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

attariya hospital