खाेज्नुहाेस

पहिरो खस्दा दशरथचन्द राजमार्ग अवरुद्ध *

Image
file photo

बैतडी – बैतडीको पाटन नगरपालिका–४ जेउडेमा पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सोमबारदेखि लगातार भइरहेको वर्षाका कारण जेउडे मोडमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जेउडे मोडमा सडक अवरुद्ध भएपछि अहिले सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताए ।

attariya hospital
navjiwan hospital

बिहान पहिरो खसेपछि सवारीसाधन बीच बाटोमै रोकिएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । मोड सुधारका क्रममा सडक खनेपछि जेउडेमा बेलाबेलामा पहिरो खस्ने गरेको छ । पहिरोका कारण विद्युत्को पोल पनि जोखिममा रहेको उनले बताए ।

* Update : पहिरोले अवरुद्ध दशरथचन्द राजमार्ग सुचारु