खाेज्नुहाेस

पहिरोले अवरुद्ध दशरथचन्द राजमार्ग सुचारु

Image

बैतडी – बैतडीको पाटन नगरपालिका–४ जेउडेमा पहिरो खस्दा अबरुद्ध भएको दशरथचन्द राजमार्ग सुचारु भएको छ । सोमबारदेखि लगातार भइरहेको बर्षाका कारण जेउडे मोडमा सडकमाथिबाट पहिरो खसे पछि सडक अवरुद्ध भएको थियो । मंगलबार बिहान साढे ६ बजेतिर सडकमाथिबाट पहिरो खसेपछि सवारी साधनहरु बीचबाटोमै रोकिएका थिए ।

navjiwan hospital

सडक डिभिजन कार्यालय पाटनको जेसिभिले पहिरो पन्छ्याए पछि अहिले राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

add everest academy
attariya hospital

राजमार्ग सुचारु भएसँगै बिहानदेखि बिचबाटोमै रोकिएका सवारी साधनहरु गन्तब्य तिर लागेका छन् । मोड सुधारका क्रममा सडक खनेपछि जेउडेमा बेला–बेलामा पहिरो खस्ने गरेको छ ।