अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाले आईतबार स्थानिय बिदा दिएको छ । राना थारू समुदायले मनाउने तीज पर्वको अवसरमा नगरपालिकाले विदा दिएको हो ।

नगरपालिकाले एक सूचना जारी गर्दै स्थानिय बिदा दिएको जनाएको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार श्रावण शुक्ल तृतीयाका दिन स्थानीय विदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ । सो दिन अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय र विद्यालय बन्द रहने सूचनामा भनिएको छ ।














