खाेज्नुहाेस

अपांग एकता समाज कैलालीद्वारा ४ पालिकामा सीप र सचेतना मूलक कार्यक्रम आयोजना

Image
अत्तरिया– अपांग एकता समाज कैलालीले जिल्लाका ४ वटा पालिकामा विभिन्न सीप तथा सचेतनाका कार्यक्रम आयोजना गरिरहेको छ । संस्थाले गोदावरी, घोडाघोडी, गौरीगंगा नगरपालिका र बर्दगोरिया गाउँपालिकामा कार्यक्रमहरू आयोजना गरिरहेको हो ।
attariya hospital
सुदूरपश्चिममा अपांगता समावेशी विकास प्रवर्द्धन परियोजना अन्तरगत अबिलिस फाउन्डेसनको आर्थिक सहयोगमा कार्यक्रमहरू आयोजना गरिरहेको संस्थाका अध्यक्ष अनिल मल्लले जानकारी दिए । उनका अनुसार ४ वटै पालिकाहरूमा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण र अपांगता भएका महिला तथा किशोरीहरूको अधिकार सम्बन्धी जनवकालत गोष्ठी आयोजना र सिलाई सम्बन्धी समेत तालिम दिइँदै छ ।
उनले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी तालिम ४ वटै पालिकाका ६ विद्यालयमा सम्पन्न भएको र २ विद्यालयमा मात्रै बाँकी रहेको बताए । कार्यक्रम गर्नुपर्ने २ विद्यालयहरू बन्द भएका कारण कार्यक्रम हुन बाकी रहेको उनले बताए ।
navjiwan hospital
यस्तै अपांगता भएका महिला तथा किशोरीहरूको अधिकार सम्बन्धी जनवकालत गोष्ठी भने ४ वटै पालिकाहरूमा गरिसकिएको उनले बताए । ‘अपांगता भएका महिला तथा किशोरीहरूका विभिन्न हक अधिकार, नीति कानुन लगायतका विषयमा रहेर हामीले गोष्ठी आयोजना गरेका थियौँ’ उनले भने  ‘एक दिने गोष्ठी भएका कारण सबै पालिकाहरूमा गरिसकेका छौ, त्यसले अपांगता भएका महिला तथा किशोरीहरूले केही हदसम्म भए पनि कानुनी कुराहरूका बारेमा जानकारी पाएको हामीले विश्वास लिएका छौ ।’
त्यसबाहेक सिलाई कटाई सम्बन्धीको तालिम भने गोदावरी नगरपालिकामा सञ्चालनमा रहेको अध्यक्ष मल्लले बताए । ‘अपांगता भएका महिलाहरूलाई आत्मनिर्भर बनाउन यो तालिम सञ्चालन गरिएको हो’ उनले भने ‘तालिम सुरु भएको २ महिना भयो, यो तालिम ६ महिना सम्म सञ्चालन हुनेछ ।’
उनले तालिमका सहभागीहरूलाई सिलाई मेसिन समेत वितरण गरिने बताए । उनले मेसिन पाए अपांगता भएका महिला तथा किशोरीहरू पनि आत्मनिर्भर बन्न सक्ने बताए । तालिम तथा सचेतनामूलक कार्यक्रमहरू सम्बन्धित पालिका सँग समन्वय गरेर आयोजना गरिरहेको उनले बताए ।