खाेज्नुहाेस

नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको संयुक्त बैठक सम्पन्न

Image

चण्डीगढ़ (भारत) – नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न भएको छ । भारतको चण्डीगढ़स्थित गढवाल भवन, सेक्टर २९ मा बैठक सम्पन्न भएको हो । क्षेत्रीय समिति अध्यक्ष राजु चन्द ठकुरीको अध्यक्षतामा सम्पन्न बैठकका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डे रहेका थिए ।

navjiwan hospital

कार्यक्रममा कार्यक्रममा केन्द्रीय पदाधिकारी, क्षेत्रीय पदाधिकारी, शाखा तथा महिला समितिका अध्यक्ष, सचिव र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि पाण्डेले दीप प्रज्वलन गरी महामानव वी.पी. कोइरालाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उनले नेपाली कांग्रेसको क्रियाशील सदस्यता, नविकरण र नयाँ फारामहरू क्षेत्रीय समितिलाई हस्तान्तरण गर्नुका साथै समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा संगठनात्मक विषयमा प्रशिक्षण दिएका थिए ।

attariya hospital

बैठकमा वी.पी. कोइरालाको स्मृति दिवस, जन्मजयन्ती, तीजको भव्य कार्यक्रम आयोजना, समिति स्थापनाको स्वर्णजयन्ती र संगठनको एकता, मेलमिलाप तथा पारदर्शिता जस्ता महत्वपूर्ण विषयमा गहन छलफल गरिएको थियो ।

कार्यक्रमका क्रममा पाण्डेले पश्चिमोत्तर भारतका २२ शाखाहरूको भ्रमण, जनजागरण तथा संगठन सुदृढीकरणको उद्देश्यसहित केन्द्रीय प्रतिनिधिमण्डल गठन गर्ने घोषणा गरे । जसमा १ जना केन्द्रीय प्रतिनिधि, २ जना क्षेत्रीय प्रतिनिधि र १ महिला प्रतिनिधि समावेश हुने बताईएको छ । कार्यक्रमको समापनमा चण्डीगढ़ क्षेत्रीय समितिका कार्यकर्ताहरूले संगठनप्रति प्रतिबद्धता व्यक्त गर्दै वी.पी. कोइरालाको सपनालाई साकार पार्न सामूहिक संकल्प लिएका थिए । बैठकको सञ्चालन महासचिव ढाकाराम पौडेलले गरेका थिए ।