खाेज्नुहाेस

कैलालीमा लागू औषध सहित २ जना पक्राउ

Image
navjiwan hospital

अत्तरिया– कैलालीमा लागूऔषध सहित २ जना पक्राउ परेका छन । जिल्लाको जानकी गाउँपालिका– ३ नयाँ लायकपुरबाट अवैध लागूऔषध सहित सोही ठाउँ बस्ने २७ वर्षिय भुवन कठरिया र ३५ वर्षिय राजु चौधरी पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उनिहरुको साथबाट १ ग्राम ३४० मिलिग्राम लागूऔषध बरामद गरिएको हो । सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

attariya hospital