धनगढी – कैलालीमा १३ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका– ४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरीलाई पक्राउ परेका हुन ।

पीडितले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
















