खाेज्नुहाेस

गौरीगंगाका नगर प्रमुखका स्वकीय विरुद्ध प्रहरीमा जाहेरी

Image
तस्बिर : गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी

अत्तरिया – कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी कुटपिट गर्ने नगर प्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव उमेश जोशीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । कैलालीको गौरीगङ्गा नगरपालिकाका नगर प्रमुख देवीदत्त कडेलका ज्वाइँ समेत रहेका सहयोगी उमेश जोशीलाई प्रहरीले खोजी गरिरहेको छ ।

navjiwan hospital

कार्यकक्षमै रहेका बेला सहयोगी उमेशले प्रमुख प्रशासकीय अधिकृत जोशीलाई कुटपिट गरेका थिए । कुटपिटपछि उमेश फरार छन् । प्रमुख प्रशासकीय अधिकृत जोशीले आफूलाई कार्यकक्षमै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उमेश विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । किटानी जाहेरीपछि प्रहरीले उमेशको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दले बताए ।

attariya hospital

गौरीगङ्गा नगरपालिकाका कर्मचारीले दोषीलाई कानुनी कारबाही र कर्मचारीलाई सुरक्षाको वातावरण तयार पार्न माग गरेका छन् । नगरपालिकाका सबै कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरू स्थगन गरिएको छ ।