अत्तरिया – कैलालीको रानीजमराको नहरमा डुबेर एक जनाको मृत्यु भएको छ ।

शनिबार लम्की चुहानगरपालिका– ६ बाघमारामा रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर दैलेख आठबिस नगरपालिका– २ का २२ वर्षीय प्रेम रसाइलीको मृत्यु भएको हो । रसाइली लम्कीचुहा– ६ गुलरास्थित ससुराली घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताए ।

यसअघि शुक्रबार मात्रै गौरीगङ्गा नगरपालिकास्थित नदीमा डुबेर एकै परिवारका दाजुभाइको मृत्युभएको थियो । सोही नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको थियो ।


















